दोस्रो चितवन गोल्डकप असोज ३ देखि, विजेताले छ लाख पाउने
भरतपुर । दोस्रो चितवन गोल्डकप असोज ३ गतेदेखि हुने भएको छ । भरतपुर फुटबल क्लबको आयोजनामा हुन लागेको गोल्डकपको विजेताले छ लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने छन् । असोज ३ गतेदेखि १२ गतेसम्म हुने गोल्डकपमा ए डिभिजन र नेपाल सुपर लिग खेल्ने टिमसमेत गरी जम्मा १० वटा टिमले सहभागीता जनाउने आयोजकले जानकारी दिएको हो । आयोजक भरतपुर फुटबल क्लबले आइतवार पत्रकार सम्मेलनगरी गोल्डकपका विजेताले पाउने शिल्ड सार्वजनिक गरेको छ । गोल्डकपका खेलहरु नेपाल प्रहरी शिक्षालयको खेल मैदानमा हुने दोस्रो चितवन गोल्डकपका संयोजक धुर्व भुसालले जानकारी दिए । चितवन जिल्लाकै सर्वाधिक धनराशिको यस प्रतियोगितामा विभिन्न विधामा खेलाडीहरुलाई पुरस्कार…