पिठुवा खानेपानीमा सहलगानीमा थप पूर्वाधार निर्माण सुरु
रत्ननगर । पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सहलगानी आयोजना अन्तर्गत थप पूर्वाधार निर्माण सुरु गरेको छ । संस्थाको सेवा भित्रका सबै घरधुरीमा खानेपानी पुर्याउने लक्ष्यका साथ पिठुवा सहलगानी खानेपानी तथा सरसफाई आयोजना निर्माणको काम सुरु गरिएको संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए । नेपाल सरकारको ७० प्रतिशत र संस्थाको ३० प्रतिशत गरि करिब ९ करोडको लगानीमा प्रेसर फिल्टर सहितको ४ लाख ५० हजार लिटरको खानेपानी ट्याङकी निर्माण, कम्पाउण्ड बाल, ३६ किलोमिटर पाईपलाईन विस्तार र बोरिङ निर्माण गरिने छ । खानेपानीको उक्त पूर्वाधार रत्ननगर वडा नं १६ खैरेटीमा निर्माण सुरु गरिएको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए । सहलगनीमा सुरु भएको…