१० लाख पार्टी सदस्य पुर्याउने एमाले योजना
काठमाडौं, ३ असोज । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीको ११औं महाधिवेशनसम्ममा पार्टी सदस्यता १० लाख पुर्याउने महत्वाकांक्षी योजना बनाएर कार्यान्वयन गर्दै छ । एमालेका महासचिव शंकर पोखरेलले तयार गरेको ‘वार्षिक कार्ययोजनामा २०८२’ मा पार्टी सदस्यता १० लाख पु¥याउन सम्बन्धित तहको पार्टी कमिटीको योजनामा विधानको व्यवस्थाअनुरूप जनसंगठनहरू र सम्पर्क मञ्चहरू क्रियाशील व्यक्तिहरूलाई समेत आधार बनाई नयाँ सदस्यता विस्तारको योजना कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । ‘पार्टीको ११औं महाधिवेशनसम्म पार्टी सदस्यता १० लाख पु¥याउने लक्ष्य हासिल गर्न सम्बन्धित तहको पार्टी कमिटीको योजनामा विधानको व्यवस्थानुरूप जनसंगठनहरू र सम्पर्क मञ्चहरू क्रियाशील व्यक्तिहरूलाई समेत आधार बनाई नयाँ सदस्यता विस्तारको योजना कार्यान्वयन गर्ने’ कार्ययोजनामा उल्लेख छ…