देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्। एमालेको ११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएपछि ओली पहिलो पटक सभापति देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका हुन्। अहिले ओली र देउवाबीच भेटवार्ता भइरहेको नेकपा एमालेका एक जना केन्द्रीय सदस्यले जानकारी दिए।
Read More
चितवनको इच्छाकामनामा पुस ११ गतेदेखि दोस्रो सुन्तला महोत्सव हुने

चितवनको इच्छाकामनामा पुस ११ गतेदेखि दोस्रो सुन्तला महोत्सव हुने

यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइ समितिको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको हो । पुस १५ गतेसम्म सञ्चालन हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने टेवा पुग्ने विश्वासका साथ कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाइ छ । आयोजक समितिले आज यहाँ पत्रकार सम्मेलन गरी महोत्सवका बारेमा जानकारी दिएको छ । प्रदर्शनीमा ५० भन्दा बढी स्टल रहने चितवन उद्योग सङ्घ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा इच्छाकामनाका १०० जना सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको…
Read More
भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम सुरु गरेको छ । महानगरका २०० भन्दा बढी स्थानमा क्यामेरा जडानको काम सुरु गरिएको हो । महानगडरपालिका प्रमुख रेनु दाहालले क्यामेरा जडानको कामको आज एक समारोहका बीच शुभारम्भ गर्नुभयो । महानगरपालिका २९ वडाका मुख्य–मुख्य चोकमा क्यामेरा जडानको काम सुरु गरिएको छ । नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा क्यामेरा जडानको काम सुरु गरिएको छ । महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार २९ वटै वडाका २०० भन्दा बढी स्थानमा ४१८ क्यामेरा जडान गर्न लागिएको छ । चार अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन (एएनपिआर) सहित ४१८ उच्च क्षमताका भिएमएससहितका क्यामेरा जडान गर्न लागिएको…
Read More
भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम सुरु गरेको छ । महानगरका २०० भन्दा बढी स्थानमा क्यामेरा जडानको काम सुरु गरिएको हो । महानगडरपालिका प्रमुख रेनु दाहालले क्यामेरा जडानको कामको आज एक समारोहका बीच शुभारम्भ गर्नुभयो । महानगरपालिका २९ वडाका मुख्य–मुख्य चोकमा क्यामेरा जडानको काम सुरु गरिएको छ । नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा क्यामेरा जडानको काम सुरु गरिएको छ । महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार २९ वटै वडाका २०० भन्दा बढी स्थानमा ४१८ क्यामेरा जडान गर्न लागिएको छ । चार अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन ९एएनपिआर० सहित ४१८ उच्च क्षमताका भिएमएससहितका क्यामेरा जडान गर्न लागिएको…
Read More
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ । परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत स्पष्ट पारेको छ । तत्कालीन अवस्थाका बारेमा चर्चा गरिएको जङ्गीअड्डा लेखमा भनिएको छ, “सङ्कटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरू आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अघि सारेको छैन, न त सत्ता हस्तक्षेपको आकाङ्क्षा देखाएको छ । जुन हाल विकसित परिस्थितिले उजागर गरेकै छ । यही तथ्य नै सेनाको लोकतान्त्रिक प्रतिबद्धताको प्रमाण हो ।” सेनाले…
Read More
सुनको मूल्यले तोलाको २ लाख ६१ हजार भन्दामाथि

सुनको मूल्यले तोलाको २ लाख ६१ हजार भन्दामाथि

नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख २४ हजार ३६५ रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
Read More
फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा

फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन अनिवार्य रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले समयमै निर्वाचन हुन्छ की हुँदैन भन्ने अनिश्चय पैदा भएको भन्दै निर्वाचन समयमै हुनुपर्ने बताउनु भयो । उहाँले परिणाम खोज्ने भन्दा पनि निर्वाचन गराएर नयाँ जनादेशसहित सरकार बनाउने कुरा प्रमुख रहेको बताउनु भयो । अहिले संविधान ट्रयाक भन्दा बाहिर गएको उल्लेख गर्नुहुँदै समयमै निर्वाचन गराएर संविधानलाई सही मार्गमा ल्याउनुपर्ने अवस्था रहेको बताउनु भयो । हरेक पाँ वर्षमा निर्वाचन हुनुपर्ने कुरा २०१५ सालदेखि नै हुनुपर्ने भएपनि हुन नसकेको बताउनु भयो ।…
Read More
नदी किनारमा फोहोर जलाउनेलाई कारबाही गर्न चितवनको जेन-जी समूहको माग

नदी किनारमा फोहोर जलाउनेलाई कारबाही गर्न चितवनको जेन-जी समूहको माग

नारायणी नदी किनारमा फोहोर जलाएको विषयमा चितवनको जेन-जी समूहले दोषीमाथि कडा कारबाहीको माग गरेको छ । चितवन जिल्ला खेलकुद विकास समितिले खेलकुद तथा व्यापारिक महोत्सव आयोजना गर्दा उत्पन्न फोहोर नदी किनारमै जलाएको घटनामा जेन-जी समूह र बेटर चितवन नामक संस्थाले आइतबार भरतपुर महानगरपालिकामा ज्ञापनपत्रसमेत बुझाएका छन् । ‘महोत्सव सकिएकै महिना दिनभन्दन बढी भयो । त्यहाँको फोहोर त्यहीँ जलाएपछि हामीले सम्बन्धित पक्षलाई कारबाही गर्न माग गर्दै महानगरमा निवेदन बुझाएको पनि अब महिना दिन हुँदै छ तर कारबाही भएको नदेखेपछि आज फेरि पत्र बुझाएका छौं,’ बेटर चितवनका संस्थापक इन्जिनियर सागर कार्कीले भने । बेटर चितवन र जेन-जी समूहले गएको मंसिर ८ गते…
Read More
राजतन्त्र पुनर्स्थापना हुनसक्छ भनेर पूर्वराष्ट्रपतिले दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली

राजतन्त्र पुनर्स्थापना हुनसक्छ भनेर पूर्वराष्ट्रपतिले दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली

नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्वराष्ट्रपतिको भनाइमा उदेक लाग्यो, आफैँ उभिएको धरातलप्रति विश्वास किन डगमगायो ?’ यस्तै, उनले पार्टीको अनुमोदित नेतृत्वलाई छुट्टै भेला गरेर चुनौती दिने कार्यको पनि विरोध गरेका छन् । उनले तीन महिनामा तंग्रिएको एमालेको विरासतलाई पनि लोकतन्त्र बहालीमा लगाउनु पर्नेमा पुरानै मुद्दामा जानु अनुचित हुने बताएका छन् । ‘उनले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिँजो अस्तिका दुई दृश्यले आँखा बिझायो । महाधिवेशनसकिए लगत्तै केही कमरेडहरूले गर्नुभएको छुट्टै भेला अपेक्षित थिएन । महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो । त्यसको फैसला पनि अन्तिम…
Read More
मन्त्री भण्डारीद्वारा परिणाममुखी काम गर्न निर्देशन

मन्त्री भण्डारीद्वारा परिणाममुखी काम गर्न निर्देशन

खानेपानीमन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रालय मातहतका सबै निकायलाई गौरवको अनुभूति हुने गरी परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा उहाँले आमनागरिकलाई स्वच्छ, सुरक्षित र शुद्ध खानेपानी उपलब्ध गराउने मार्गमा सबैले इमान्दार भएर प्रयास गर्नुपर्ने बताउनुभयो । मन्त्री भण्डारीले खानेपानी नागरिकको आधारभूत आवश्यकता र अधिकार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले प्रभावकारी योजना र कार्यान्वयनमा जोड दिनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले देशका ग्रामीण तथा दुर्गम क्षेत्रमा अझै पनि सुरक्षित खानेपानीको पहुँच नपुगेको भन्दै त्यसलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता जनाउनुभयो । “नागरिकलाई शुद्ध खानेपानीको व्यवस्था गर्न सबै लाग्नुस् । आवश्यक सहकार्य र…
Read More