Day: ८ कार्तिक २०८२, शुक्रबार २०:०१

चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना

चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना

नेपालीहरूको महान् पर्व तिहार सुरु भएसँगै जिल्लामा ६९ वटा सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी तीव्रगतिमा सवारी चलाउँदा दुर्घटना बढेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालका अनुसार कात्तिक १ देखि ७ गतेसम्म जिल्लाका विभिन्न सडकमा भएका ६९ दुर्घटनाबाट सात जनाले ज्यान गुमाएका छन् । मादक पदार्थ सेवन गरी रातको समयमा सवारी चलाउँदा दुर्घटना बढेको उहाँले बताउनुभयो । एक सातामा भएका दुर्घटनामा परी एक सय ४१ जना घाइते भएको उहाँले जानकारी दिनुभयो । रासस
Read More
बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ । मृत्युु हुनेमा पाटन नगरपालिका–६ सुकेलीका अन्दाजी ५८ वर्षीय प्रेमसिंह बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडू्ले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार दिउँसो ४ बजेतिर घरबाट सिउडे जान्छु भनि हिँडेका बिष्ट आज मृत फेला परेका हुन् । बिहीबार अबेरसम्म घर नफर्केपछि घरपरिवारले बिष्टको खोजीका लागि इलाका प्रहरी कार्यालय पाटनमा खबर गरेको थियो । सोही अनुसार खोजी गर्दै जाँदा दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ अन्नाडी मोडबाट करिब एक सय मिटर तल बिष्टको शव फेला परेको हो । बिष्टले चलाएको सुपप्र ०१–०११ प ७१५१ नम्बरको मोटरसाइकल पनि सडकबाट तल…
Read More