Day: १ कार्तिक २०८२, शुक्रबार १४:४४

जेनजी आन्दोलनका मुख्य मतियार प्रचण्ड, रवि र बालेनः महेश

जेनजी आन्दोलनका मुख्य मतियार प्रचण्ड, रवि र बालेनः महेश

जेनजी आन्दोलनको मुख्य मतियार माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, काठमाडौं महानगरपालिकाका मेयर बालेन, रास्वपा सभापति रवि लामिछाने भएको आरोप नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले  लगाएका छन् । बुधबारदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो आरोप लगाउँदै कारबाही गर्न समेत माग गरेका छन् । ‘ब्ल्याक–एनर्जीको प्रतिक ‘लुसिफर’ को नामले चिनिँदै आएको बालेन, जेल तोडेर जनता झुक्याउन खोजिरहेका रवि लामिछाने, उनको स्वतन्त्र पार्टी र मौकामा चौका हान्ने प्रचण्ड यी आन्दोलनका मुख्य मतियार हुन् । यीनलाई उचित कारबाही गर्नुपर्छ,’ बस्नेतले बैठकमा भनेका छन् ।
Read More
चितवनमा यस वर्ष विद्युतीय सामग्रीको व्यापार घट्यो

चितवनमा यस वर्ष विद्युतीय सामग्रीको व्यापार घट्यो

नारायणगढको लायन्सचोकमा रहेको लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछाने गत वर्षको तुलनामा यस वर्षको तिहारमा प्रयोग हुने झिलीमिली बत्ती(विद्युतीय सामग्री) को व्यापार आधा घटेको बताउनुहुन्छ । पछिल्लो समय घर निर्माणमा सुस्तता आउँदा व्यापार घटेको उहाँको बुझाइ छ । लामिछाने भन्नुहुन्छ, “गत वर्ष यतिबेला व्यापार भ्याइनभ्याइ हुने गरेको थियो, वर्ष त्यस्तो हुन सकेको छैन । नयाँ घर बनेनन्, पुराना घर भएकाले अघिल्ला वर्षका झालरहरूबाट काम चलाउन थालेका छन् ।” पहिलेपहिले भारतबाट आउने झालर दोस्रो वर्ष प्रयोग गर्दा आधाभन्दा बढी बिग्रिने गरेको भए पनि पछिल्ला वर्षमा चीनबाट आउने झालर दोस्रो वर्ष प्रयोग गर्दा १० प्रतिशत हाराहारी मात्रै बिग्रिने भएकाले पनि नयाँ किन्नेहरू…
Read More
जुवातास खेलिरहेका ११ जना ५८ हजार ९४० रुपैयाँ सहित पक्राउ

जुवातास खेलिरहेका ११ जना ५८ हजार ९४० रुपैयाँ सहित पक्राउ

सुर्खेत प्रहरीले जुवातास खेलिरहेका ११ जनालाई बिहीबार बेलुका साढे ६ बजेतिर ८ बुक ४३ पत्ती (खोलेको) तास र ५८ हजार ९४० रुपैयाँ सहित पक्राउ गरेको हो। वीरेन्द्रनगर-८ खजुरास्थित स्थानीय ५१ वर्षीय लरुद्रप्रसाद खनालको घरमा जुवातास खेलिरहेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो। घरधनी खनालसहित ५५ वर्षीय दुर्गबहादुर पुलामी, २५ वर्षीय सुनिल गौतम, ३५ वर्षीय जगतबहादुर राना, ५३ वर्षीय सुरतबहादुर शाही, ४० वर्षीय बिरजंग शाही, ५५ वर्षीय रेशम मल्ल, ४५ वरणषीय रमेश खाँण, ३९ वर्षीय दानबहादुर सिंह, ४३ वर्षीय अशोककुमार खड्का र ४८ वर्षीय बिनोद मल्ल पक्राउ परेका प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारि दिए  ।  
Read More
ट्रम्पले दिए हमासलाई चेतावनी

ट्रम्पले दिए हमासलाई चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी लडाकु समूह ‘हमास’लाई चेतावनी दिएका छन् । ‘यदि सम्झौताविपरीत गएर हमासले गाजामा मानिसको हत्या जारी राख्छ भने हामीसँग उसलाई समाप्त गर्नुबाहेक अरू कुनै विकल्प रहने छैन ।’ ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् । यसअघि ट्रम्पले गाजामा अमेरिकी सैनिकको तैनाथी नहुने बताएका थिए ।
Read More
सुनको मूल्यमा नयाँ कीर्तिमान कायम , तोलाको २ लाख ५८ हजार रुपैयाँ पुग्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम , तोलाको २ लाख ५८ हजार रुपैयाँ पुग्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । क्रवार सुनको मूल्य ७ हजार १०० रुपैयाँले बढेर तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जस अनुसार सुन १० ग्रामकै २ लाख २१ हजार १९५ रुपैयाँ पुगेको छ । बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो । त्यस्तै शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  
Read More

समोअसँग आज अन्तिम खेल खेल्दै गर्दै नेपाल, प्रतियोगिताको उपाधि जित्ने लक्ष्य

आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले आज आफ्नो अन्तिम खेल खेल्दै छ । लगातार तेस्रो जित निकालेको नेपालले आज प्रतियोगिताको अन्तिम खेल समोअविरुद्ध खेल्दै छ । नेपालले समोअविरुद्ध जित निकाले विश्वकपको टिकट प्रतियोगिताको उपाधिसमेत घर ल्याउनेछ । लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले बुधबार घरेलु टिम ओमानविरुद्ध ३८ रनको जित निकालेको थियो । उक्त जितसँगै नेपाल सुपर–६ को शीर्ष स्थानमा उक्लिएको छ । नेपालले आठ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा आसिन ओमानको ६ अंक छ । नेपालले यसअघि सुपर–६ को पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एक रनको र कतारविरुद्ध पाँच रनको जित निकालेको…
Read More
भाइटीकाको शुभ साइत बिहान ११ः३९ बजेः कुन देशमा कुन साइतमा टीका लगाउने ?

भाइटीकाको शुभ साइत बिहान ११ः३९ बजेः कुन देशमा कुन साइतमा टीका लगाउने ?

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिका सभापति प्रा डा माधव भट्टराई र सदस्यसचिव आचार्य लक्ष्मण पन्थीद्वारा जारी विज्ञप्तिअनुसार काठमाडौंमा भाइटीकाको शुभ साइत कात्तिक ६ गते बिहान ११ः३९ बजे रहेको जनाइएको छ । भारत, अमेरिका, युरोप, अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया, युएई, कतारलगायत देशमा स्थानीय समयअनुसार ११ देखि १२ बजेसम्म टीका लगाउने शुभ समय निर्धारण गरिएको सभापति भट्टराईले जानकारी दिए । समितिले उक्त साइतलाई सबैभन्दा उपयुक्त समय मानेर सो समयमा टीका लगाउन सिफारिस गर्दै आफ्नो स्थानअनुसार अनुकूल समयमा पनि टीका लगाउन सकिने सदस्य सचिव पन्थीले बताए।  
Read More