Day: २८ आश्विन २०८२, मंगलवार १४:३२

पर्यटकको पर्खाइमा गण्डकीका पर्यटकीयस्थल

पर्यटकको पर्खाइमा गण्डकीका पर्यटकीयस्थल

दसैँलगत्तै बसातका कारण दुई–तीन दिन मौसम प्रतिकूल भए पनि त्यसयता गण्डकी प्रदेशभित्रका पदमार्गहरूमा चहलपहल बढिसकेको छ । बर्सातले केही ‘बुकिङ’हरू रद्द भए पनि यतिखेर अधिकांश पदमार्गहरूमा स्वदेशी एवम् विदशी पर्यटक देखिन थालेका छन् । उत्तरतर्फ हिमालहरू खुलिसकेका छन् । यहाँका प्राकृतिक सौन्दर्यहरू पर्यटकको स्वागतको पर्खाइमा बसेजस्तै देखिन्छन् । दसैँ र तिहारको बीचमा अधिकांश शैक्षिक संस्थाहरू बिदा भएका कारण पछिल्ला समयमा आन्तरिक पर्यटकहरूको पनि पदयात्रा गर्न जाने क्रम बढ्दै गएको छ । तराईको नवलपुरदेखि हिमालपारिको जिल्ला मुस्ताङकोे लोमान्थाङ र मनाङ जिल्लासम्म समेटिएको गण्डकी प्रदेश पदयात्रा पर्यटनका लागि आकर्षक गन्तव्य हो । यहाँका अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि पदमार्ग, मर्दी हिमाल पदमार्ग, गुरुङ…
Read More
भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिनुभयो । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन”, उहाँले भन्नुभयो । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि…
Read More
प्रधानमन्त्रीको नाममा गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने

प्रधानमन्त्रीको नाममा गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा संकलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग गरेको भन्ने जानकारीप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माका अनुसार प्रधानमन्त्री एवं प्रधानमन्त्री कार्यालयका तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग संकलन गर्ने कार्यका लागि कोही कसैलाई अनुमति दिइएको छैन । त्यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्तो कार्यका…
Read More
विश्वकप छनोटअन्तर्गत नेपालले २ खेल खेल्न बाँकी हुँदा कुन टोली विश्वकपमा पुग्ने सम्भावना कति ?

विश्वकप छनोटअन्तर्गत नेपालले २ खेल खेल्न बाँकी हुँदा कुन टोली विश्वकपमा पुग्ने सम्भावना कति ?

विश्वकपको एशिया तथा पूर्वी एशिया प्रशान्त छनोट प्रतियोगिताअन्तर्गत अघिल्लो दिन मात्र यूएईविरुद्ध प्राप्त १ रनको जित जति अविश्वसनीय थियो, कतारविरुद्ध प्राप्त ५ रनको जित पनि झन्डै झन्डै उस्तै प्रकृतिको रह्यो। यो जित यति महत्त्वपूर्ण बन्यो कि यसले नेपाललाई अर्को वर्ष हुने टी २० विश्वकपको निकै नजिक पुर्‍याएको छ। छ अङ्क जोडिसकेको नेपाल अहिले एशिया तथा पूर्वी एशिया प्रशान्त क्षेत्रीय छनोटअन्तर्गत सूपर सिक्सु खेल तालिकाको दोस्रो स्थानमा छ र अब टोलीलाई विश्वकप पुग्ने सुनिश्चित गर्न अर्को एक जित आवश्यक छ। सूपर सिक्सुका छमध्ये तीन टोली विश्वकप पुग्ने छन्। गणितीय रूपमा विश्वकपका लागि कतार छनोट हुने सम्भावना सकिइसकेको छ भने जापान र…
Read More