शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री खरेलले भेटे जेनजी आन्दोलनका घाइते
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेका छन् । शुक्रबार सञ्चारमन्त्री खरेलले त्रिवि शिक्षण अस्पताल पुगेर जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेटेका हुन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो । आन्दोलनमा गोली लागेर सयौँ घाइते भएका छन् । आन्दोलनकै उपलब्धिस्वरूप तत्कालीन केपी शर्मा ओली सरकार पतन भएको थियो । अन्तरिम सरकारकी प्रधानमन्त्रीको रूपमा सुशीला कार्की नियुक्त भएकी छन् । कार्की मन्त्रिपरिषद्मा सञ्चारमन्त्रीको रूपमा खरेल नियुक्त भएका छन् । मन्त्री नियुक्त भएको केही दिनपछि उनले शुक्रबार जेनजी आन्दोलनका घाइतेहरूसँग भेट गरेर उनीहरूको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन् । उनले…