कर्मचारीमा पनि जेनजीका नाममा आन्दोलन गर्ने तयारी
सार्वजनिक प्रशासन रूपान्तरणका नाममा निजामती कर्मचारीमा पनि जेनजी आन्दोलन छिराउन खोजेपछि राजनीतिक दलनिकट ट्रेड युनियनहरू सक्रिय भएका छन् । कुलिङ पिरियडविरुद्ध जुलुस गर्दै हिँडेको आरोपमा मुख्यसचिव एकनारायण अर्यालसहित कर्मचारी नेतृत्वको बर्खास्तगी र राजीनामा माग्न थालिएपछि निजामती कर्मचारीमा क्रियाशील दलनिकट ट्रेड युनियनहरू जुटेका हुन् । दलनिकट आधा दर्जनबढी ट्रेड युनियनहरूले मुख्यसचिव अर्याललाई ज्ञापनपत्र बुझाउँदै त्यस्ता गतिविधिमा रोक लगाउन माग गरेका हुन् । सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेपछि केही कर्मचारीले ‘जेन–जी निजामती भेला’ गरेर मुख्यसचिव, सचिवहरू, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार, रजिष्ट्रारसहितकको राजीनामा मागेका छन् । उनीहरूले दलनिकट ट्रेड युनियन विघटनको मुद्दा पनि उठाएका छन् । यसमै आपत्ति जनाउँदै नेपाल निजामती कर्मचारी संगठन,…