मुसहर बस्तीमा खानेपानीको धारा उद्घाटन,मुसहर समुदाय हर्षित
रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ७ सिसुवार स्थित रोटरी नमुना मुसहर बस्तीमा निःशुल्क धारा जडान गरिएको छ । आर्थिक अभावका कारण शुद्ध खानेपानी पिउनबाट बन्चित २४ घरघुरीलाई खानेपानीको मिटर सहित धारा जडान गरिएको हो । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ५० प्रतिशत, वडा कार्यालयको २५ प्रतिशत, बाघमारा मध्यवर्ती सामुदायिक वनको २५ प्रतिशत र रत्ननगर नगरपालिकाको सामग्री सहयोगमा धारा जडान गरिएको बाघमारा वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा, उपमेयर यादब प्रसाद पाठक, वडाध्यक्ष सजना महतोले सयुक्त रुपमा मुसहर बस्तीमा जडान गरिएको खानेपानीको धारा उद्घाटन गरेका हुन् । कार्यक्रममा रत्ननगर खानेपानीका अध्यक्ष…