आज २०८१ साल असोज २ गते बुधवार, यस्तो छ तपाईको राशिफल
चितवन,२ असोज मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । खर्चिलो यात्रा हुनसक्छ । शत्रुपक्ष पनि सबल रहने भएकाले सजग रहनु उचित हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सफल यात्रा हुनेछन् । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहन सुख पनि मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि,…