कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्यमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना प्रारम्भ गरेको छ । बुधबार यहाँ उक्त परियोजना सञ्चालक समितिको पहिलो बैठक सम्पन्न भएसँगै ८० लाख अमेरिकी डलर बराबरको पाँचवर्षे परियोजना बर्दियामा सुरु भएको हो । कोइकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैठकको अध्यक्षता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सहसचिव नीता पोखरेल आर्याल तथा सह–अध्यक्षता कोइकाका देशीय निर्देशक कङ मुहोनले गर्नुभएको थियो । बैठकमा बर्दियाका बरबर्दिया, बाँसगढी, बढैयाताल, गेरुवा, गुलरिया, मधुवन, राजापुर र ठाकुरबाबाका नगरप्रमुखहरू, बर्दिया राष्ट्रिय निकुञ्जका प्रतिनिधि तथा कोरियन इन्स्टिच्युट फर डेभलपमेन्ट स्ट्राटेजीका व्यवस्थापन परामर्शकर्ता टोलीका सदस्य उपस्थित हुनुहुन्थ्यो । रासस
Read More
जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

नेपालमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा प्रतिरोधात्मक पूर्वाधार विकासकामा एसियाली विकास बैंक (एडिबी) विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय विकास सङ्घ र स्वीस विकास सहयोग (एसडिसी) ले सहयोग गर्ने भएका छन् । तीन दातृ निकायले आगामी तीन वर्षसम्म प्रदान गर्ने सहायतासम्बन्धी समझदारीपत्रमा बुधबार यहाँ हस्ताक्षर गरेका यहाँस्थित विश्व बैंकको कार्यालयले जनाएको छ । त्रिपक्षीय समझदारीअनुसार जलवायुजन्य जोखिम मूल्याङ्कन, सूचना प्रणालीको सुदृढीकरण एवं जलवायु जोखिम व्यवस्थापनलाई प्राथमिकता दिइनेछ । नेपाल बाढी, पहिरो, खडेरी तथा हिमनदी पग्लनेजस्ता जलवायुजन्य जोखिममा रहेकाले सहायता अपरिहार्य भएको जनाउँदै उक्त कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा त्यसबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । रासस
Read More
कमला नदीमा स्नान गर्ने भक्तजनको घुइँचो

कमला नदीमा स्नान गर्ने भक्तजनको घुइँचो

सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक पूर्णिमाका अवसरमा आज बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ । धार्मिक मान्यताअनुसार कमला नदीमा स्नान गर्दा ‘भूत–प्रेत’ हट्ने विश्वास रहँदै आएको छ । यही विश्वासका कारण विभिन्न जिल्लाका श्रद्धालुहरू नदीमा स्नान गर्न आएका हुन् । नदी क्षेत्रको इनर्वा, ब्यारेज, कमला पुल, सिक्रौन, चतरी, बेलहा, बडेर्वा, पटेर्वा, बसबिट्टा र सीमावर्ती भारतको जयनगरसम्म बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ । प्रत्येक वर्षजस्तै यस वर्ष पनि उदयपुर, सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट तथा भारतको बिहारसम्मका श्रद्धालुहरू कमला स्नानका लागि आएका छन् । स्थानीय निकायहरूले मेलाले धार्मिक एकता, सामाजिक सद्भाव र पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने…
Read More
सरकारका नाममा कारण देखाउ आदेश

सरकारका नाममा कारण देखाउ आदेश

सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ । कामु प्रधानन्यायाधीश हरिप्रसाद फुयाल र न्यायाधीश अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार जारी गरेको आदेशमा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो । “यसमा मिति २०८२/०६/०५ मा गठन भएको जाँचबुझ आयोगका अध्यक्ष वा सदस्यले के, कुन उद्देश्य र आसयसहित निवेदनसाथ पेस भएका निजहरुका धारणाहरु सार्वजनिक भएका हुन भन्ने सम्बन्धमा निजहरुको लिखित जवाफमा खुल्ने नै देखिँदा तथा जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३९२० बमोजिम गठन भएको देखिन्छ”, आदेशमा भनिएको छ, “जाँचबुझ…
Read More
भरतपुरबाट भागेका वन्यजन्तु चोरीशिकारीका तस्कर कारागार नफर्किंदा संरक्षणमा चुनौती

भरतपुरबाट भागेका वन्यजन्तु चोरीशिकारीका तस्कर कारागार नफर्किंदा संरक्षणमा चुनौती

कारागार कार्यालय भरतपुरबाट भागेका वन्यजन्तु अपराधका १६ जना कैदीबन्दी हालसम्म फर्किएका छैनन् । तीमध्ये १२ जना दुर्लभ एकसिङ्गे गैँडा चोरीशिकारका मुख्य अभियुक्त हुन् । वन्यजन्तु अपराधका कैदीबन्दी कारागार नफर्किंदा गैँडासहित अन्य वन्यजन्तु संरक्षणमा चुनौती थपिएको छ । दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री गर्ने व्यवसायका मुख्य अभियुक्तसमेत बाहिर रहँदा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले उच्च सतर्कता अपनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले फरार भएकामध्ये केही कुख्यात तस्करका रूपमा कारागारमा राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार ठूलो कान्छा एवं सागर प्रजा भनिने विन्दरसिंह प्रजा, रमेश खाती, आइतसिंह मोक्तान कुख्यात तस्करीमा लागेकाहरू नफर्किंदा संरक्षणमा चुनौती थपिएको हो । निकुञ्ज…
Read More
दुई दिनमा सुनको भाउ २५ सय घटेको छ ।

दुई दिनमा सुनको भाउ २५ सय घटेको छ ।

दुई दिनमा सुनको भाउ २५ सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घटेर २ लाख ३७ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन पनि सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेर २ लाख ३८ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ पनि बुधबार २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३०१५ रुपैयाँ रहेको चाँदी आज २९९० रुपैयाँमा झरेको छ । चाँदी रेकर्ड मूल्यबाट तोलामा ३६० रुपैयाँ घटेको छ ।  
Read More
विचार र सिद्धान्त मिल्नेसँग एकतावद्ध हुने नै हो : रामकुमारी झाक्री

विचार र सिद्धान्त मिल्नेसँग एकतावद्ध हुने नै हो : रामकुमारी झाक्री

नेकपा (एकीकृत समाजादी) की नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एमाले)मा नै एकतावद्ध हुने पक्षमा आफूहरु रहेको बताउनुभएको छ । आज (बुधबार) काठमाडौंमा आफ्ना समूहका नेताहरुसहित पत्रकार सम्मेलन गरी उहाँले एमालेप्रति संकेत गर्दै आफूहरु त्यसै एकतावद्ध हुने बताउनुभएको हो । उहाँले बोल्नु अघि नै नेता कृष्णकुमार श्रेष्ठले आफूहरु एमालेमा विना शर्त फर्कने बताउनु भएको थियो । सोही भनाईप्रति संकेत गर्दै उहाँले विचार र सिद्धान्त मिल्ने पार्टीमा आफूहरु एकतावद्ध हुने बताउनु भयो । उहाँले देशभरका एकीकृत समाजवादी पार्टीमा आवद्ध नेता, कार्यकर्ताहरुलाई पनि आफूहरु उभिएको ठाउँमा एकतावद्ध भएर उभिन आह्वान गर्नुभयो । नयाँ पार्टीहरुले केही पनि गर्न नसक्ने कुरा जेन–जी आन्दोलनले पनि…
Read More
तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते हुनुभएका उहाँको उपचारका क्रममा गए राति मृत्यु भएको हो । कुटपिट गर्ने खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
Read More
विश्वकप लिग टुः युएई सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै

विश्वकप लिग टुः युएई सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत यूएई ओडिआई शृंखलाको अन्तिम खेलमा आज नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ । जारी सिरिजमा पहिलो खेलमा युएईसंग नेपाल पराजित भएको थियो । लगातार ३ खेल हारेको नेपाल आज यो सिरिजमा सान्त्वना जितको खोजीमा छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो । लिग २ को तालिकामा हाल अमेरिका २४ खेलमा ३६ अंक जोडेर शीर्ष…
Read More
कैलालीमा एक सय छपन्न उद्योग थपिए

कैलालीमा एक सय छपन्न उद्योग थपिए

यहाँस्थित घरेलु तथा साना उद्योग कार्यालयमा १५६ नयाँ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको तीन महिनामा यी उद्योग थपिएका हुन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्र अवधिमा ३२ उत्पादनमूलक, ५० कृषिमूलक र ७४ वटा सेवामूलक उद्योग दर्ता भएका हुन् । जिल्लामा हालसम्म १६ हजार २६ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । साथै पुगेको उहाँले जानकारी दिनुभयो । चालु आवको सोही अवधिमा स्थानीय व्यापारअन्तर्गत वाणिज्यसम्बन्धी २०० वटा फर्म दर्ता भएका छन् । उक्त कार्यालयले चालु आवको उक्त अवधिमा रु।३९ लाख ९१ हजार छ सय ९९ राजस्व सङ्कलन गरेको छ । गत आवमा रु एक करोड…
Read More