हैजा महामारीविरुद्धको औषधि पर्सामा दिन थालियो

हैजा महामारीविरुद्धको औषधि पर्सामा दिन थालियो

हैजा महामारीविरुद्धको औषधि पर्सामा दिन थालियो

हैजा महामारीविरुद्ध प्रतिकार्य खोप अभियान आजदेखि पर्सामा सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीले आज प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई औषधि खुवाएर सुरुआत गरिएको हो । बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा अभियान गौतमले हैजा महामारीविरुद्धको औषधि पर्साका एक वर्ष उमेर माथिका सबैलाई खुवाउनका लागि अनुरोध गर्नुभयो । “पर्सामा हैजाको महामारी र वर्षापछिको डुबानको कारणले पनि हैजाको उच्च जोखिम रहेकाले पनि सबैले हैजाविरुद्धको प्रतिकार्य खोप अभियानमा सरिक जनाउनका लागि अनुरोध गर्दछु”, उहाँले भन्नुभयो, “मुखबाट खुवाइने भएकाले सुरक्षित र भरपर्दो भएकाले पनि ढुक्क भएर सेवन गर्नका लागि अनुरोध गर्दछौँ ।” डा गौतमले हैजाको औषधि खाएर मात्रै पर्याप्त नहुने भएकाले…
Read More
हरेक काम जनतासँग जोडिएर गर्न मुख्यमन्त्री कँडेलको आग्रह

हरेक काम जनतासँग जोडिएर गर्न मुख्यमन्त्री कँडेलको आग्रह

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले हरेक काम जनतासँग जोडिएर गर्नुपर्ने बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटी र निर्वाचित जनप्रतिनिधिसँगको छलफल कार्यक्रममा उहाँले आफूलाई राम्रो लाग्ने काम नभई जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने काममा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनताले समर्थन गर्ने काम गर्नुस्, जनताको भावना, सुझाव र अपेक्षालाई प्राथमिकता दिएर अघि बढ्दा मात्र राजनीतिक दल र जनप्रतिनिधिको विश्वसनीयता बलियो हुँदै जान्छ ।” मुख्यमन्त्री कँडेलले सुरक्षित र स्थिर समाज निर्माण गर्न जनतासँगको सम्बन्ध सुमधुर र विश्वासिलो हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । जिम्मेवारीमा रहेका जनप्रतिनिधिलाई उहाँले वडास्तरमै सहकार्य बढाउन, असामान्य परिस्थिति…
Read More
सरकारी सेवा छाडेर कार्की बने सफल उद्यमी

सरकारी सेवा छाडेर कार्की बने सफल उद्यमी

करिब नौ वर्षसम्म नेपाल प्रहरीमा सेवा दिएका भरत कार्कीले सरकारी जागिर छाडेर कृषि व्यवसायमा हात हालेपछि अहिले एक सफल उद्यमीका रूपमा स्थापित हुनुभएको छ । सानो लगानीबाट सुरु गरिएको उहाँको व्यवसाय आज करोडौँ रुपैयाँको कृषि उद्यममा रूपान्तरण भएको छ । विसं २०३६ मा ओखलढुङ्गामा जन्मिनुभएका कार्की २०५७ सालदेखि सुनसरी जिल्लाको रामधुनी नगरपालिका–५ मा स्थायी बसोबास गर्दै आउनुभएको छ । प्रहरी सेवाबाट राजीनामा दिएपछि उहाँ २०६३ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया जानुभएको थियो । करिब तीन वर्ष मलेसियामा श्रम गरेर फर्किएपछि नेपालमै केही गर्नुपर्छ भन्ने सोच बनाउँदै उहाँले लामो समय मासुपसल सञ्चालन गर्नुभयो । सोही अनुभवका आधारमा कृषि तथा पशुपालन व्यवसायमा…
Read More
बिपी राजमार्गः ‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो

बिपी राजमार्गः ‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो

गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी ‘ट्र्याक’ खोलेर सवारी सञ्चालन गरेसँगै थप मर्मत गर्न थालिएको छ । बाढीले एक साता अवरुद्ध गराएको उक्त राजमार्ग औपचारिक रुपमा शनिबार बिहानदेखि खुलाइएको थियो । बाढीले क्षतिग्रस्त भएका स्थानमा ‘डाइभर्सन बनाएर सञ्चालनमा ल्याइए पनि साँघुरो तथा अप्ठ्यारो सडकमा मर्मत गरिरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । हालको मर्मत कार्यले तिहारमा राजमार्गमा यात्रा सहज हुने कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताउनुभयो । उहाँका अनुसार तीन वटा मेसिनले मर्मत गरिरहेको छ भने अन्य ‘स्टेशन’मा मेसिनलाई ‘स्ट्याण्डबाई’ राखिएको छ । कार्यालय पाँच दिन लगातार बाढीले कटान गरेको तथा बगर बनेको सडक…
Read More
मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन

मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको बिहान अवलोकन गर्नुभएको छ । उहाँले कनकाई नदी र विरिङ नदीले क्षति पुर्‍याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल तथा बस्तीको आज अवलोकन गर्नुभएको हो । बाढीपहिरो प्रभावित क्षेत्र इलामका विभिन्न स्थानको अवलोकन गरेर फर्कने क्रममा मन्त्री घिसिङले अर्जुनधारा नगरपालिकाको बुट्टाबारीबाट सालबारी हुँदै चियापानीबाट कालिस्थान जोड्ने सडक र मङ्गलमडी मार्गको स्थलगत अवलोकन गर्नुभएको छ । मन्त्री घिसिङले झापा गाउँपालिकास्थित हुलाकी सडकखण्डअन्तर्गतको कनकाईमाई खोलामा बन्दै गरेको पुल र वर्षाका कारण दबिएको सानोमाईको पुल र आसपासका क्षेत्रको अवलोकन गर्नुभएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश…
Read More
बालेन शाह र सुदन गुरुङविरुद्ध नेविसंघले दियो जाहेरी

बालेन शाह र सुदन गुरुङविरुद्ध नेविसंघले दियो जाहेरी

नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपाल संस्थाका प्रमुख सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौंमा किटानी जाहेरी दिएको छ । गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा नाबालक विद्यार्थीहरूलाई विद्यालय पोसाकमै जान उक्साउने, विभिन्न गतिविधि गर्ने, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्तिमा लुटपाट गराएको भन्दै संघले जाहेरी दिएको हो । नेविसंघका केन्द्रीयहरू सदस्य मनिषजंग थापा, अशोक सिंह विष्ट र विजय शाहले संयुक्त रूपमा हस्ताक्षर गरेर किटानी जाहेरी दिएको नेविसंघ केन्द्रीय सदस्य अशोकसिंह विष्टले जानकारी दिए । जाहेरी दर्ता भएको २४ घण्टाभित्र अभियुक्तहरूलाई पक्राउ गरेर कारबाही गर्न पनि नेविसंघले अल्टिमेटम दिएको छ…
Read More
सामाजिक सञ्जालमा आतङ्क मच्चिएको छः सञ्चारमन्त्री खरेल

सामाजिक सञ्जालमा आतङ्क मच्चिएको छः सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्चालमा आतङ्क मच्चिएको बताएका छन् । प्रेस काउन्सिल नेपालका पदाधिकारीसँग कुरा गर्दै उनले सामाजिक सञ्चालको माध्यमबाट आरोप लगाउने, गालीगलौज गर्ने र तल्लोस्तरमा गालीदेखि आक्रमणसम्मका कार्य हुन थालेकाले राज्यका संरचनाहरू गम्भीर हुनुपर्ने बताए । ‘सामाजिक सञ्जालको गतिविधिले नागरिकहरू अन्यौलमा परेको महसुस भइरहेको छ । सरकारी निकायमा दर्ता, नवीकरण र सुचीकृत भएका सञ्चारमाध्यमहरूको हामीले जिम्मेवारी लिनुपर्छ । व्यक्तिगत हकमा भने अनुसन्धान गर्ने राज्य अन्य निकाय छन्, तिनले हेर्छन्,’ उनले भने, ‘विभिन्न सञ्चारमाध्यमहरू करिब २० हजारको हाराहारीमा छन् कि भनेर छलफल गरिरहेका छन् । हामीले कसरी अनुगमन, नियमन गर्ने रु र कारबाहीको दायरासम्म ल्याउने भन्ने बारेमा…
Read More
मोटरसाइकल दुर्घटनामा मृत्यु

मोटरसाइकल दुर्घटनामा मृत्यु

काठमाडौँको कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकखण्डमा बा८१प ७३५ नम्बरको मोटरसाइकिल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना युवाको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला घर भई हाल काठमाडौँ कपन बस्ने २५ वर्षीय पासाङ मिङ्मा शेर्पा रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गए राति कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकमा पैयुटारबाट गोकर्णेश्वरतर्फ गइरहेको उक्त मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा शेर्पा गम्भीर घाइते भएका थिए । उनको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।” रासस
Read More
सुनको मूल्य तोलामा तीन हजारले वृद्धि

सुनको मूल्य तोलामा तीन हजारले वृद्धि

गत शुक्रबारको तुलनामा सुनको मूल्य रु तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि रु ४० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार रु दुई लाख ३५ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु रु तीन हजारले बढेर रु दुई लाख ३८ हजार कायम भएको छ । सोही दिन एक तोला चाँदी रु तीन हजार ८५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार १२५ मा किनबेच भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।रासस  
Read More
आईसीसी टी-२० विश्वकप छनोटः नेपालले आज युएईसँग खेल्दै

आईसीसी टी-२० विश्वकप छनोटः नेपालले आज युएईसँग खेल्दै

आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सका खेल आजदेखि सुरु हुँदैछन्। नेपालले आज युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध प्रतिस्पर्धा गर्दै छ। ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ। सुपर सिक्सको आफ्नो पहिलो खेलमै नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईसँग प्रतिस्पर्धा गर्दा यस खेललाई नेपाल क्रिकेट संघ–क्यानले एल क्लासिकोको संज्ञा दिएको छ। दुबै टोलीले पछिल्लो सयम टेस्ट राष्ट्रहरूलाई हराइसकेका छन्। त्यसैले यो खेल २ अंकको लडाइँ मात्र नभई आत्मविश्वासको युद्ध हुनेछ। प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा आएको हो। नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो ।…
Read More