रिलेशन तिज उत्सव : रेडियोको आगनीमा दिदीबहिनीको तिज
रत्ननगर । रिलेशन एफएम ८८ मेघाहर्जको आगनीमा महिला दिदीबहिनीहरुले तिज मनाएका छन् । हरितालिका तिजको दिन आयोजना गरिएको रिलेशन तिज उत्सवमा सहर तथा गाउँबाट आएका महिलाहरुले रेडियोको आगनीलाई माईतीको आगनी सम्झेर तीजको भाखामा छमछमी नाचेका हुन । राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहेको तिज उत्सवमा महिला दिदीबहिनहरु मौलिक तिज गीतमा नाचे र एकआपसमा शुभकामना साटासाट गरे । औपचारिक कार्यक्रमलाई पृथकता दिन खोजिएको उक्त कार्यक्रममा भाषण गरिएन । रिलेशन एमएमका अध्यक्ष अनिल अधिकारीले तीजको कार्यक्रममा भाषण गर्ने परम्पराको अन्त्य गर्दै विशुद्ध मनोरञ्जन प्रदान गर्ने उद्धेश्यले नयाँ ढंगले कार्यक्रम गरिएको बताए । तीजको मौलिकता जोगाउने र रिलेशनलाई चेलीको आगनीको रुपमा विकास गर्ने गरि…