आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ आकर्षण बढ्दो
यहाँस्थित आयुुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । पहिले मन्थली नगरपालिका–१ घारी खहरेस्थित भाडाको घरबाट चिकित्सालयले सेवा प्रवाह गरेकामा हाल मन्थली अस्पतालको पुरानो भवनबाट सेवा प्रवाह गर्न थालेको छ । चिकित्सालयका सूचना अधिकारी हरिनारायण महतोकाअनुसार हाल जिल्लामा एक जिल्ला स्तरीय चिकित्सालयसहित विभिन्न नागरिक आरोग्य सेवा केन्द्र गरी कूल छ वटा सेवा कार्यालय सञ्चालनमा छन् । चालु आर्थिक वर्षमा दोरम्बा शैलुङ, लिखु तामाकोशी र उमाकुण्ड गाउँपालिकामा पनि एक/एकवटा नागरिक आरोग्य सेवा केन्द्र थपिने चरणमा छन । क्रमशः सबै सेवा केन्द्रमा विगतका तुलनामा सेवाग्राहीको सङ्ख्या वृद्धि भएको उहाँले बताउनुभयो । चिकित्सालय र आरोग्य केन्द्रमार्फत उपचारात्मक सेवा अन्तर्गत…