सरकारी सेवा छाडेर कार्की बने सफल उद्यमी
करिब नौ वर्षसम्म नेपाल प्रहरीमा सेवा दिएका भरत कार्कीले सरकारी जागिर छाडेर कृषि व्यवसायमा हात हालेपछि अहिले एक सफल उद्यमीका रूपमा स्थापित हुनुभएको छ । सानो लगानीबाट सुरु गरिएको उहाँको व्यवसाय आज करोडौँ रुपैयाँको कृषि उद्यममा रूपान्तरण भएको छ । विसं २०३६ मा ओखलढुङ्गामा जन्मिनुभएका कार्की २०५७ सालदेखि सुनसरी जिल्लाको रामधुनी नगरपालिका–५ मा स्थायी बसोबास गर्दै आउनुभएको छ । प्रहरी सेवाबाट राजीनामा दिएपछि उहाँ २०६३ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया जानुभएको थियो । करिब तीन वर्ष मलेसियामा श्रम गरेर फर्किएपछि नेपालमै केही गर्नुपर्छ भन्ने सोच बनाउँदै उहाँले लामो समय मासुपसल सञ्चालन गर्नुभयो । सोही अनुभवका आधारमा कृषि तथा पशुपालन व्यवसायमा…