विश्वकप छनोटः आज नेपाल र ओमानबिच शीर्ष स्थानको लडाइँ
आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल र घरेलु टोली ओमानले लगातार तीन/तीन खेल जितेका छन्। तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको ओमान रनरेटमा नेपालभन्दा अगाडि छ। बुधबार साँझ हुने यी दुई टोलीबीचको खेल एक खेल अगावै अर्को वर्ष भारत र श्रीलंकामा हुने टीट्वेन्टी विश्वकपमा स्थान बनाउनेमा मात्रै केन्द्रित हुने छैन, शीर्ष स्थानको लडाईं पनि हुनेछ। विगतको नतिजा हेर्ने हो भने नेपाल ओमानभन्दा पछि छ। तर, नेपाली टोलीको पछिल्लो प्रदर्शन र ओमानको अहिलेको टोलीलाई हेर्ने हो भने नेपालको पल्ला भारी छ। पछिल्लो समय ओमानको टोलीमा आमूल परिवर्तन आइसकेको छ। पुराना र अनुभवी खेलाडीले…