भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा महिलाको मृत्यु

भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा महिलाको मृत्यु

भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा महिलाको मृत्यु

भरतपुर । भरतपुर अस्पतालमा पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा एक महिलाको मृत्यु भएको छ । चितवन प्रहरीका अनुसार मृत्यु हुनेमा भरतपुर १२ मुनालचोक बस्ने ३९ वर्षीया सम्झना काफ्ले ढकाल रहेकी छिन् । पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो । अस्पतालमा मंगलबार राति १० बजे बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी महिलाको मृत्यु भएको हो । काफ्लेका आफन्तहरुले भने पाठेघरको उपचार गर्न गएकी बिरामीको स्वास्थ्यकर्मीको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्।
Read More
आजको मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेकाले आज बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको…
Read More
नारी जागरण केन्द्रद्वारा बालबालिकालाई लत्ता कपडा र स्टेशनरी सहयोग

नारी जागरण केन्द्रद्वारा बालबालिकालाई लत्ता कपडा र स्टेशनरी सहयोग

रत्ननगर । कालिका नगरपालिका वडा नं ५ स्थित विकासशिल सुकुमबासी बस्तीका वालावलिकाहरुको लागि स्टेशनरी र लत्ता कपडा वितरण गरिएको छ । नारी जागरण केन्द्र रत्ननगरले बस्तीका १८ घरधुरीका वालबवालिकाको शिक्षाको लागि स्टेशनरी र लत्ताकपडा सहयोग गरेको हो । बस्तीमै आयोजित एक औपचारिक कार्यक्रमका बीच वडाध्यक्ष दीपकबहादुर भट्टराई र केन्द्रकी अध्यक्ष विमला सुवेदी खनालले बालबालिकालाई स्टेशनरी र लत्ता कपडा हस्तान्तरण गरेका थिए । बालवालिकाको लागि लत्ता कपडा फोरसिजन गार्मेन्टले उपलब्ध गराएको थियो । स्टेशनरी हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष भट्टराईले सुकुमबासी समुदाय र बस्तीको विकासका लागि निरन्तर प्रयास गरिरहेको भन्दै मेयर आवास कार्यक्रम मार्फत काम गर्ने योजना रहेको बताए…
Read More
जनकौली वनको कार्यालय तोडफोड गरिएको घटनाप्रति ध्यानकर्षण

जनकौली वनको कार्यालय तोडफोड गरिएको घटनाप्रति ध्यानकर्षण

चितवन । जनकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा तोडफोड भएकाे घटना प्रति कार्यालयले गम्भीर ध्यानकर्षण जनाएकाेछ । कार्यालय मंगलबार एक विज्ञप्ति जारी गरी कार्यालय तोडफोडको विषयमा जानकारी गराएको हो । गत साउन २९ गते राति करिब ९ बजेको समयमा यसै वन समूहको कार्य समितिको सदस्य तथा ईकाइ नं. ९ का संयोजक किरण चौधरीले उपभोक्ता समूहको कार्यालयमा गई तोडफोड गरि अनधिकृत रुपमा कार्यालय भित्र प्रवेश गरि टेबलको घर्रामा राखेको दराजको चावी झिकि दराज खोली कार्य समिति बैठक पुस्तिका (माइनुट) झिकि निर्णय केरमेट गरेको विज्ञप्तिमा जनाईएकाे छ । साथै, अन्य महत्वपूर्ण कागजपत्र छरप्रस्ट पारी, प्रिन्टरमा समेत क्षेती पुर्याएको उल्लेख गरेको छ…
Read More
रोट्याक्ट क्लव अफ रत्ननगरको पद हस्तान्तरण

रोट्याक्ट क्लव अफ रत्ननगरको पद हस्तान्तरण

रत्ननगर । रोट्याक्ट क्लव अफ रत्ननगरको पद हस्तान्तरण कार्यक्रम गरिएको छ । क्लवका बर्ष २०२३/२४ का अध्यक्ष निशान दाहालले बर्ष २०२४/२५ का अध्यक्ष नवीन केसीलाई पद हस्तान्तरण गरेका थिए । रोट्याक्ट क्लवका निर्वाचित केन्द्रीय अध्यक्ष दिनेश गैरे प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रतिनिधि सभाका सांसद हरि ढकालले नेपाली राजनीतिमा यवाहरुको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताए । अहिलेका नेताहरु मुलुक चलाउन असफल सावित भएको भन्दै उनले देशलाई सही मार्गमा लैजान युवाको नेतृत्वदायी भूमिका हुनुपर्नेमा जोड दिए । कार्यक्रम रोट्याक्ट क्लवका निर्वाचित केन्द्रीय अध्यक्ष दिनेश गैरेले बर्ष २०२४/२५ का अध्यक्ष नवीन केसीलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष केसीले…
Read More
बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यू

बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यू

बझाङ। बझाङको बुङ्‍गल नगरपालिका-१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा बेपत्ता भएका चारै जनाको शव फेला परेको छ । गयराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरोमा परि बेपत्ता भएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामी शव उद्धार गरि निकालिएको हो । स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान ७: २० बजे चारै जना शव पुरिएको घरभित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । ९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ। पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले बिरा धामी , उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामी गरि ५ जनाको…
Read More
खैरहनीमा मोटरसाइकल दुर्घटनामा परी प्रहरी हबल्दार मृत्यू

खैरहनीमा मोटरसाइकल दुर्घटनामा परी प्रहरी हबल्दार मृत्यू

खैरहनी । चितवनकाे खैरहनीमा मोटरसाइकल दुघर्टना हुँदा एकजना प्रहरी हबल्दारकाे मृत्यु भएको छ। मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार हेमन्त कुमार श्रेष्ठ रहेका छन्। खैरहनी नगरपालिका–८ बाबा पेट्रोलपम्प स्थित पूर्व पश्चिम राजमार्गमा मनहरीबाट खोलेसिमल तर्फ आउदै गरेको गरेको बा.प्र.०३–००३ प ६३७ नम्बरको मोटरसाईकल आज बिहान २ः४० बजेतिर दुर्घटना हुँदा श्रेष्ठको मृत्यु भएको हो। दुघर्टनामा परी गम्भीर घाईते भएका श्रेष्ठको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा आज बिहान ३ः १९को समयमा चिकित्सकले मृत्यु घोषणा गरेको चितवन प्रहरीले जानकारी दिएको छ। लमजुङको राईनस नगरपालिका–६ धमेलीकुवा स्थायी घर भईहाल चितवन रत्ननगर नगरपालिका–१५  (खोलेसिमल बजार नजीकै) श्रेष्ठको परिवार बस्दै…
Read More
चितवनमा गतिविधि बढाउँदै एमाले : भरतपुरमा एकैदिन ४ वडाको अधिवेशन

चितवनमा गतिविधि बढाउँदै एमाले : भरतपुरमा एकैदिन ४ वडाको अधिवेशन

चितवन । नेकपा (एमाले) भरतपुर महानगरका वडा अधिवेशन धमाधम भइरहेका छन् । गत साउन १४ मा सम्पन्न नेकपा (एमाले) भरतपुर महानगर कमिटीको विस्तारित बैठकले भदौ १५ गतेभित्र बाँकी वडामा अधिवेशन सक्ने निर्णय गरेको थियो । साउन १४ अघि महानगरका २९ वटा वडामध्ये १५ वटा वडाको अधिवेशन हुन बाँकी थियो । अधिवेशन हुन बाँकी वडाहरुमा वडा नम्बर १, २, ३, ४, ६, ७, ११, १३, १५, १६, १७, २१, २४, २८ र २९ रहेका थिए । जसमध्ये ८ वटा वडाको अधिवेशन पछिल्लो १८ दिनमा सम्पन्न भएका छन् । जसमा हिजो शनिबार एकैदिन ४ वटा वडाको अधिवेशन सम्पन्न भएको हो । अब…
Read More
राष्ट्रिय भलिवल खेलाडीद्धय आरती र संगम सम्मानित

राष्ट्रिय भलिवल खेलाडीद्धय आरती र संगम सम्मानित

चितवन । सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले राष्ट्रिय भलिवल खेलाडीद्धय आरती सुवेदी र संगम महतोलाई सम्मान गरेको छ । सेन्ट्रल टावरमा आज (आइतबार) आयोजित एक कार्यक्रमकाबीच कलेजले चितवनका दुई राष्ट्रिय खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो । हालै काभा भलिवलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीकी सदस्य आरती र संगमलाई हौसला प्रदानका लागि कलेजले सम्मान गरेको हो । कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले दुबै खेलाडीलाई खादा र नगदले सम्मान गरे । सो अवसरमा उनले देशको शिर उच्च बनाउने खेलाडीहरुलाई थप हौसला प्रदान गर्नका लागि सम्मान गरेको बताए । खेल र खेलाडीको बिकास तथा प्रवर्द्धनका लागि सेन्ट्रल कलेजले सधैं सहयोग र सहकार्य गर्दै…
Read More
एक्सपर्ट चितवनले भदौ ५ गते शैक्षिक मेला गर्दै

एक्सपर्ट चितवनले भदौ ५ गते शैक्षिक मेला गर्दै

भरतपुर । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले शैक्षिक मेला ‘इन्लाइटन एडु’ आयोजना गर्दै छ । उक्त मेलामा अष्ट्रेलिया, युके र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी लिन सक्नेछन् । एक्सपर्ट चितवनको कार्यालय भवन ‘बेसक्याम्प’मा आगामी भदौ ५ गते आयोजना गर्न लागिएको मेला बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने छ । युनिभर्सिटी तथा कलेजबाट प्रतिनिधि नै उपस्थित हुने भएकोले विद्यार्थीले आधिकारिक र भरपर्दो जानकारी लिन सक्ने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीका लागि मेला फलदायी हुने उनले बताए । ‘अहिले…
Read More