रत्ननगरमा प्रतियाेगितात्मक अर्पण तीज उत्सव हुने
रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरमा यही भदाै २१ गते तीजकाे दिन प्रतियाेगितात्मक अर्पण तीज उत्सव हुने भएकाे छ । रेडियो अर्पण १०४.५ मेगाहर्जको आयोजना तथा अर्पण बचत तथा ऋण सहकारी संस्था लि.को सह-आयोजनामा सेभ सुपरमार्केटको प्राङ्गणमा "शेभ अर्पण तीज उत्सब २०८१ हुने भएकाे हाे । आयाेजकले बुधवार पत्रकार सम्मेलनकाे आयाेजना गरि तीज उत्सवकाे उद्देश्य र तयारीका बारेमा जानकारी दिएकाे हाे । सुरुवाती चरणमा तीज गीत प्रतियोगितामा मात्र सिमित रहेकाे कार्यक्रमलाई परिमार्जन गरि पछिल्ला वर्षहरुमा तीज उत्सबको नाममा सञ्चालन हुदै आएको छ। कार्यक्रम संयाेजक यमन भूषालले प्रतियोगितामा मात्रै सिमित रहेको कार्यक्रमलाई समयसँगै परिमार्जन गरि प्रतियोगिता सँगै विभिन्न राष्ट्रिय, स्थानीय कलाकारको प्रस्तुतीको…