काठमाडौँ, ३१ भदौ। नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो । अघिल्लो दिनको तुलनामा आन सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
काठमाडौ, ३१भदौ। पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको पुष्टि भएको दाबी गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेले यस्तो बताएका हुन् । “पूरै रिपोर्ट पढ्न पाएको छैन तर, के पुष्टि भयो भने सहकारी ठगीमा मेरो संलग्नता छैन । यो पुष्टि भयो,” उनले भने ।उनले सहकारी पीडितलाई न्याय दिलाउन हरसम्भव प्रयास गर्ने बताए । “ज-जसको सहकारीमा राखेको बचत अपचलन भएको छ । सबैलाई न्याय दिने हाम्रो प्रयास रहन्छ,” उनले भने, “म सरकारमा हुँदा पनि यही प्रयास गरेको थिएँ ।” यसअघि रवि आफैँ ठगीमा संलग्न…
चितवन । सामाजिक संस्था सहमतिले चितवनको खगेरी जलाधार क्षेत्रमा निर्माण गरेको संरचनाहरुको अवलोकन गरिएको छ । खगेरी जलाधार क्षेत्र अन्तर्गत इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र रत्ननगर नगरपालिकाको विभिन्न सामुदायिक वनमा स्थानीय उपभोक्ता समितिको सहयोगमा सहमतिले निर्माण गरेको पोखरी, पहिरो नियन्त्रण, जैविक बाँध, सिंचाई पोखरी र पानीको मुहान पुनःजीवीत गर्ने संरचनाहरुको आइतवार अवलोकन एवम् निरीक्षण गरिएको हो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, उपप्रमुख कल्पना काफ्ले सापकोटा, राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई भरतपुरका अधिकृत नविन श्रेष्ठ लगायतका सरोकारवालाहरुले उक्त संरचनाको अवलोकन गरेका हुन् । विश्व वन्यजन्तु कोषसँगको सहकार्यमा सहमतिले ‘नेचर बेस सोलुसन–द ट्रिपल बेनिफिट प्रोग्राम’…
गोरखा,३१ भदौ । गोरखाको मनकामना केबुलकार भोलि (असोज १ गते) देखि पुनः सञ्चालनमा आउने भएको छ। असार ३१ गतेदेखि बन्द रहेको केबुलकार मर्मत संभार र स्तरोन्नतीपछि भोलिदेखि पुनः सञ्चालनमा आउने भएको हो । डिजिटल प्रणाली स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्ने काम सकिएकाले केबुलकार सञ्चालन गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबुलकार सञ्चालनमा ल्याइएको थियो।
पर्वत,३१ भदौ। झन्डै दुई दशकदेखि अलपत्र बनेको यहाँको एक विकट गाउँको वायु ऊर्जा आयोजना सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । महाशिला गाउँपालिका–६ फलामखानीमा करोडाँै रुपैयाँको लगानीमा बनेको हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो । दुई दशकअघि स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा समयसमयमा मर्मतसम्भारको अभावमा गुज्रिएको छ । केन्द्रबाट विद्युत् उत्पादन भएको छैन । त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयले मर्मत गर्न माग गरेका छन् । लथालिङ्ग अवस्थामा रहेको हावाबाट विद्युत् निकाल्ने वायु ऊर्जा केन्द्रलाई पुनः सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । विसं २०६० मा स्थापना भएको केन्द्र २०६३ सालमा तीन वर्षपछि…
रत्ननगर । चितवनकाे रत्ननगरमा भाेली असोज १ गतेदेखि सुरु हुने दोसो मेयर कप तथा चौँथो ब्याडमिन्टन प्रतियोगिताकाे तयारी पूरा भएकाे छ । पूर्वी चितवन स्पोर्ट्स क्लबको आयोजनामा रत्ननगर वडा नं–३, शान्तिचोकस्थित कर्भड हलमा हुने प्रतियाेगिताकाे रत्ननगरका मेयर प्रलाद सापकाेटाले उद्घाटन गर्ने छन् । खेल भाेली विहान साढे ७ बजे उद्घाटन हुनेछ । राष्ट्रियस्तरको सो प्रतियोगिता विभिन्न छ वटा विधामा खेलाइने प्रतियोगिताका संयोजक केवल न्यौपानेले जानकारी दिए । राष्ट्रियस्तरमा २० भन्दा बढी वरीयता क्रममा रहेका खेलाडी सहभागी रहने उक्त प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ११ हजार १११, द्वितीय हुने टिमलाई ५१ हजार १११ र तृतीय हुने टिमलाई २५ हजार १११, बी…
चितवन,३१ भदौ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको छ । पूर्वी चितवनको कालिका –६ खोलेसिमल बजारमा पौडेलले आफूले उत्पादन गरेको महलाई ब्रण्डिङ गरी महघरमार्फत बिक्री सुरु गरेका जानकारी दिनुभयो । उहाँले वार्षिक छ टन मह उत्पादन गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “महले बजार नपाएर घर थन्किने अवस्था भयो । यसलाई व्यावसायिक बनाएर अघि बढ्न लागेको हुँ ।” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको सहयोगमा ब्राण्डिङको काम सुरु गरिएको उहाँले बताउनुभयो । नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएका पौडेलले जिल्लामा हाल ३० हजार बढी मौरीका घार रहेको जानकारी दिनुभयो । यसबाट…
चितवन,३१ भदौ । सरकारले आज (सोमवार) मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिएको हो । मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ । यसअघि मधेश सरकारले पनि सोमबारका लागि सार्वजनिक बिदा दिएको थियो ।
काठमाडौं,३१ भदौ । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मनसुनी वायु थप सक्रिय हुँदा यी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। राति बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका…
काठमाडौं,३१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेकपा माओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि हिजोको बैठक बस्दै नबसी स्थगित गरिएको थियो। यसैबीच, सरकारले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ। सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गते सोमबार आज राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। यसैबीच, प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा…