स्वास्थ्य बीमा कार्यक्रमः काभ्रेमा आठ केन्द्रबाट प्रथम सेवा

स्वास्थ्य बीमा कार्यक्रमः काभ्रेमा आठ केन्द्रबाट प्रथम सेवा

स्वास्थ्य बीमा कार्यक्रमः काभ्रेमा आठ केन्द्रबाट प्रथम सेवा

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकस्थित प्राथमिक स्वास्थ्य केन्द्र्रले स्वास्थ्य बीमा अन्तर्गत प्रथम सेवा सुरु गरेको छ । सो बिन्दुबाट सेवा सुरु गरेपछि जिल्लामा बीमाअन्तर्गत उपचार गर्ने सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या आठ पुगेको छ । उक्त केन्द्रले आजदेखि स्वास्थ्य बीमाको प्रथम सेवा प्रदान गरेको केन्द्र प्रमुख कोपिला कार्कीले बताउनुभयो । उहाँकाअनुसार उक्त केन्द्रलाई आधारभूत अस्पतालका रूपमा व्यवस्थापन गर्न तत्कालै आवश्यक जनशक्ति तथा भौतिक संरचनासमेत निर्माण गर्न लागिएको छ । जनशक्तिको अभाव देखाउँदै सेवा सुरु नगरेको पाँचखाल नगरले आवश्यक व्यवस्थापन गरी आजदेखि औपचारिक रूपमा नियमित सेवा सुरु गरेको जनाएको हो । यसअघि साउन अन्तिमसाता बीमा बोर्डसँग सम्झौता गरी जिल्लाको सबैभन्दा…
Read More
काँकरभिट्टाबाट करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टाबाट करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट रु दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्रितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिको तुलनामा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थ रु १० करोड ६१ लाख २८ हजार अर्थात् तीन दशमलव ६० प्रतिशतले घटेको छ । यद्यपि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व शून्य दशमलव ५० प्रतिशत अर्थात् रु ६४ लाख तीन हजारले बढेको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कअनुसार गत साउन भदौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट…
Read More
जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । न्यायको मन्दिर मानिने सर्वोच्च अदालतको भवन आगोमा दन्कियो । ऐतिहासिक धरोहरका रुपमा रहेको राष्ट्रपति कार्यालय शीतल निवासमाथि आक्रमण भयो, आगजनी गरियो । चीन सरकारको सहयोगमा निर्माण गरिएको र सङ्घीय संसद्ले प्रयोग गरेको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा पनि आगजनी गरियो । सरकारी संरचना, निजी क्षेत्रका उद्योग प्रतिष्ठानमाथि आक्रमण र आगजनी गरियो । राजनीतिक नेतृत्वका घर तथा आवास पनि उसैगरी आक्रमण र आगजनीको शिकार भए । आन्दोलनकारीले सवारीसाधनमाथि आगो झोसे । लुटपाट भयो । ठूलो क्षतिका बीच सरकारी र निजी क्षेत्र क्रमशः लयमा फर्कने प्रयासमा छ…
Read More
काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना, १० यात्रु घाइते

काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना, १० यात्रु घाइते

काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना भएको छ। काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको ग १ ख ९७०० नम्बरको बस कपिलवस्तुमा दुर्घटना भएको हो। दुर्घटनामा १० जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार ३५ यात्रु सवार बस सडक किनारमा पल्टिएको छ। दुर्घटनाका घाइतेको स्थानीय सञ्जीवनी अस्पतालमा उपचार भइराखेको छ। बस अनियन्त्रित भएर सडक किनारमा पल्टिएको हो।    
Read More
बडादशैंको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूरा आराधना गरिँदै

बडादशैंको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूरा आराधना गरिँदै

बडा दसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका धर्मशास्त्र विषयका पूर्वप्राध्यापक तोयराज नेपालले जानकारी दिए। ​ मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ। चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट…
Read More
चाडपर्व आयो, मन खुसी छैन

चाडपर्व आयो, मन खुसी छैन

आज बिहानै गोमा विष्ट शङ्खमूल पार्क छेउमा माटो र बालुवा खोज्दै गरेको भेटिनुभयो । उहाँले सोमबार घटस्थापनाको दिन जमरा राखेर दसैँको प्रारम्भ गर्नुभयो । पुजाको तयारी गर्नुभएका उहाँले भन्नुभयो, “दसैँ त आयो, तर, मन खुसी आएन ।” गोमाले भन्नुभएझैँ, नजिकिएको दसैँमा विगतको जस्तै उत्साह देखिएको छैन । एक साताअघिको जेनजी प्रदर्शनको गहिरो प्रभाव अझै धेरैको मनबाट हटेको छैन । कतिपय सहिद तथा घाइते परिवार त झन् शोकमै छन् । उहाँले जेनजी प्रदर्शनमा ज्यान गुमाएका युवाहरूले न्याय पाउने आशासँगै देशमा शान्ति छाओस् भनी कामना गरेको सुनाउनुभयो । दसैँमा प्रायः काठमाडौँ सुनसान हुन्छ । बाहिर बस्नेहरू घर जाने भएपछि काठमाडौँ खाली हुन्छ…
Read More
रास्वपाको प्रष्टीकरणः नख्खु कारागारले नै पटकपटक आग्रह गरेपछि रविलाई जिम्मा लिएका हौं

रास्वपाको प्रष्टीकरणः नख्खु कारागारले नै पटकपटक आग्रह गरेपछि रविलाई जिम्मा लिएका हौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नख्खु कारागारबाट पटकपटक फोन आएपछि सभापति रवि लामिछानेलाई जिम्मा लिएको प्रष्टीकरण दिएको छ । सभापति लामिछानेलाई पार्टी सभापति रवि लामिछाने २४ भदौमा निस्कनका लागि कारागार प्रशासनले नै पटकपटक फोन गरेर आग्रह गरेको बताएको छ । मंगलबार पार्टी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहप्रवक्ता प्रतिभा रावलले कारागार प्रशासनले जिम्मा लिन भनेपछि सभापति लामिछाने बाहिर निस्किएको बताइन् । ‘सुरक्षा चुनौती छ भनेर उहाँहरूले नै अनुरोध गरेपछि, पटकपटक दशौं मान्छेलाई फोन आएपछि उहाँ निस्कनुभएको अवस्था हो,’ उनले स्पष्ट पार्दै भनिन् । लामिछाने पार्टीका नेताहरुको साथमा लागेर कारागारबाट बाहिरिएपछि लामिछानेको चौतर्फी आलोजना भइरहेको छ ।
Read More
आन्तरिक राजस्व कार्यालयको सेवा वाणिज्य सङ्घको कार्यालयबाट

आन्तरिक राजस्व कार्यालयको सेवा वाणिज्य सङ्घको कार्यालयबाट

आन्तरिक राजस्व कार्यालय तुलसीपुरले आफ्नो सेवा आजदेखि सुरु गरेको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घको कार्यालयबाट सेवा सुरु गरेको हो । सेवाग्राहीको अवस्थालाई मध्यनजर गरी हाललाई करदाता सेवा र राजस्वसम्बन्धी सेवा सञ्चालन गरेको कार्यालयका प्रमुख कर अधिकृत श्रीधर टण्डनले जानकारी दिनुभयो । सो कार्यालय अन्तर्गत दाङ, पूर्वी रुकुम, प्यूठान, रोल्पालगायत जिल्लाका गरी ३५ हजार बढी करदाताहरु छन् । जेनजी प्रदर्शनका क्रममा कार्यालयका दुईवटा भवन र निवास पूर्ण रुपमा क्षतिग्रस्त छन् । दुई गाडी, कार्यालयभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । भवनमा बस्न नमिल्ने भनि प्राविधिक टोलीले सुझाव दिएको कार्यालय प्रमुख टण्डनले बताउनुभयो । तत्कालका लागि तुलसीपुर उद्योग वाणिज्य…
Read More
सुनको मूल्यमा नयाँ रेकर्ड कायम , तोलाको  २ लाख २१ हजार नाघ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड कायम , तोलाको २ लाख २१ हजार नाघ्यो

एकपछि अर्को गर्दै सुनको मूल्य आकासिएको छ । मंगलबार तोलामा २ लाख २१ हजार रुपैयाँले नाघेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । अघिल्लो दिन प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ भएको सुनको मूल्य मंगलबार प्रतितोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ । आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो । आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको हो ।  
Read More
आँखाको ज्योति फर्किंएपछि चन्द्रावती : ‘अब संसारसँग छामेर होइन, हेरेर आफैँ जुध्न सक्छु’

आँखाको ज्योति फर्किंएपछि चन्द्रावती : ‘अब संसारसँग छामेर होइन, हेरेर आफैँ जुध्न सक्छु’

दुवै आँखामा मोतियाबिन्दुको कारण जानकी गाउँपालिका–२ जुगुनभरियाकी ३० वर्षीया चन्द्रावती महाउत पूर्ण अन्धकारमा जीवन बिताउन बाध्य थिइन् । दुई वर्षअघिसम्म उहाँले दुबै आँखाको दृष्टि गुमाएकी थिइन् । उहाँले भन्नुभयो, “मेरो आँखामा दृष्टि नहुँदा आफन्त, परिवार र वरिपरिको परिवेश मात्र होइन, आफ्नो जीवन नै अन्धकारमय बनेको थियो ।” चरम गरिबी र मोतियाबिन्दुको शल्यक्रिया पछि दृष्टि फर्किन्छ भन्ने चेतनाका अभावमा चन्द्रावती अन्धकारमा जीवन बिताउन विवश थिइन् । दिनहुँका दैनिकि समेत अन्यका सहारा लिनुवर्दा उहाँले आफैँले आफैलाई एक्लो पाउँथिन् । दृष्टि गुमेपछिको पीडा सुनाउँदै उहाँले भन्नुभयो, “दृष्टि नभएको मानिसको पीडा कस्तो हुन्छ भन्ने त केवल अनुभूतिले मात्र थाहा हुन्छ, यसलाई कसरी शब्दमा व्यक्त…
Read More