भोलिदेखि सोह्र श्राद्ध शुरु हुँदै
काठमाडौं, १ असोज । यो वर्षको सोह्र श्राद्ध भोलि (बुधबार)देखि शुरु हुँदैछ। चलनमा रहेको पञ्चाङ्ग (पात्रो) अनुसार असोज २ गते पूर्णिमा तिथिका दिन प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ। असोज २ गते पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध यही दिन गरिँदैछ। मूल वैदिक परम्पराअनुसारको तिथिपत्रअनुसार पनि असोज २ गते प्रतिपदा शुरु भई १६ गते औँसी छ। वैदिक परम्परामा तिथि टुट्दैन। एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ। सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृपक्षका रूपमा मनाउँछन्। आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन्।…