सामाजिक सञ्जालमा आतङ्क मच्चिएको छः सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्चालमा आतङ्क मच्चिएको बताएका छन् । प्रेस काउन्सिल नेपालका पदाधिकारीसँग कुरा गर्दै उनले सामाजिक सञ्चालको माध्यमबाट आरोप लगाउने, गालीगलौज गर्ने र तल्लोस्तरमा गालीदेखि आक्रमणसम्मका कार्य हुन थालेकाले राज्यका संरचनाहरू गम्भीर हुनुपर्ने बताए । ‘सामाजिक सञ्जालको गतिविधिले नागरिकहरू अन्यौलमा परेको महसुस भइरहेको छ । सरकारी निकायमा दर्ता, नवीकरण र सुचीकृत भएका सञ्चारमाध्यमहरूको हामीले जिम्मेवारी लिनुपर्छ । व्यक्तिगत हकमा भने अनुसन्धान गर्ने राज्य अन्य निकाय छन्, तिनले हेर्छन्,’ उनले भने, ‘विभिन्न सञ्चारमाध्यमहरू करिब २० हजारको हाराहारीमा छन् कि भनेर छलफल गरिरहेका छन् । हामीले कसरी अनुगमन, नियमन गर्ने रु र कारबाहीको दायरासम्म ल्याउने भन्ने बारेमा…