सेवा नेपालद्वारा सहकारीको क्षमता मापन सम्बन्धी कार्यशाला
नवलपुर । कृषि उद्धममा महिलाको हात, उत्पादन र बजारीकरणमा सेवाको साथ" भन्ने मूल नारा सहित हेफर इन्टरनेशनल नेपालको साझेदारी र सामाजिक महिला उद्यमी सञ्जाल नेपाल (सेवा नेपाल) को आयोजनामा तीन दिने सहकारीको क्षमता मापन कार्यशाला सहजीकरण सम्बन्धी तालिम गरिएकाे छ । गण्डकी प्रदेश स्थित नवलपुर, गैंडाकोटमा संचालित उक्त तालिममा ६ प्रदेशका २८ जना स्थानीय श्रोत प्रदायकहरुको सहभागिता रहेको थियो । तालिममा सहभागी २८ जना प्रशिक्षकमा रुपान्तरित समेत भएका छन् । सो प्रशिक्षकहरुले देशभरिका २ सय ५० सहकारीहरुमा पुगेर सहकारीको ७ क्षेत्रको २४ सूचकको बारेमा समिक्षा गराउदै सहकारीहरुको वास्तविक अवस्था माकुरो जालो विधिद्वारा प्रस्तुत गर्नेछन । कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका कार्यक्रम…