हरित विद्यालयका लागि शिक्षकहरुलाई अभिमूखिकरण

हरित विद्यालयका लागि शिक्षकहरुलाई अभिमूखिकरण

हरित विद्यालयका लागि शिक्षकहरुलाई अभिमूखिकरण

रत्ननगर । चितवन रत्ननगर नगरपालिका भित्रका शिक्षकहरुलाई हरित विद्यालय तथा जलवायु परिवर्तन सम्बन्धी शिक्षकहरुलाई अभिमूखिकरण कार्यक्रम शनिबार गरिएको छ । वन्यजन्तु संरक्षण संघ नेपाल चितवन शाखाको आयोजनामा रत्नननगर नगरपालिका वडा–९ को मोहना मावि र कपरफोरी माविका ३५ जना शिक्षकलाई हरित विद्यालयका बारेमा अभिमूखिकरण गरिएकको संघमा चितवन शाखाका प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । विद्यालयको शिकाई केन्द्रलाई प्रभावकारी बनाउन हरित विद्यालय तथा जलवायु परिवर्तन शिक्षक अभिमूखिकरणले उल्लेखनीय सहयोग पुग्ने पौडेलले बताए । विद्यालय स्तरबाट नै वातावरण संरक्षणको बारेमा जनचेतना जगाउन सके मात्र वातावरण संरक्षण हुनेमा उनले जोड दिएका छन् । उक्त अभिमूखिकरणमा वन्यजन्तु संरक्षण संघ नेपालका बरिष्ठ कार्यक्रम अधिकृत वृन्दा देवान,…
Read More
एसवाई प्यानलद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

एसवाई प्यानलद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

रत्ननगर । रत्ननगर वडा नं १४ स्थित जनदया माविमा अध्यायन गर्ने विपन्न समुदायको शिक्षाका लागि शनिबर शैक्षिक सहयोग गरिएको छ । सोही वडामा रहेको एसवाई प्यानल नेपाल लि. चितवनले सो विद्यालयमा रहेका २३० जनालाई पोसाक झोला, कापी, कलम सहयोग गरेको कम्पनीका निर्देशक अनिल सापकोटाले जानकारी दिए । विद्यालयमा आयोजित एक औपचारिक कार्यक्रमका बीच वडा नं १४ का वडाध्यक्ष होमनाथ रानाभाट, कम्पनीका प्रबन्ध निर्देशक लि हवाछुन, निर्वतमान वडाध्यक्ष हरिकुमार श्रेष्ठले विद्यार्थीहरुलाई स्टेशनरी र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष तुलसी पन्तलाई विद्यालय पोसाकको पिस कमडा हस्तान्तरण गरेका थिए । सो अबसरमा कम्पनीका प्रबन्ध निर्देशक हवाछुनले कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्दै विपन्न समुदायका बालबालिकाको…
Read More
महानगरलाई देशकै पहिलो ट्रान्सफ्याट मुक्त घोषणा गर्नेछु:उप प्रमुख अधिकारी 

महानगरलाई देशकै पहिलो ट्रान्सफ्याट मुक्त घोषणा गर्नेछु:उप प्रमुख अधिकारी 

भरतपुर ।   खाद्य पदार्थमा औद्योगिक ट्रान्सफ्याट ( असन्तुलित अन्य तेल) बारे शुक्रबार नारायणगढमा एक अन्तरक्रिया कार्यक्रम भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय हेटौंडा र उद्योग बाणिज्य सघ चितवनको सयुक्त आयोजनामा भएको कार्यक्रममा खाद्य पदार्थमा देखिएको  औद्योगिक ट्रान्सफ्याट अर्थात असन्तुलित अन्य तेलका सम्बन्धमा चितवनका होटल ब्यबसायीहरुलाइ एकै ठाउँमा भेला गराएर ट्रान्सफ्याट नियमनका बारेमा जानकारी गराइएको हो । ट्रान्सफ्याट खानामा पाइने एक प्रकारको चिल्लो पदार्थ हो । यसलाइ नेपालीमा अति खराब चिल्लो भनिन्छ । स्वास्थका दृष्टिकोणले ट्रान्सफ्याट चिल्लो पदार्थहरु मध्येको सबैभन्दा हानिकारक चिल्लो मानिन्छ । ट्रान्सफ्याट प्राकृतिक र कृत्रिम गरि दुई स्रोतबाट प्राप्त गर्न सकिन्छ । खाद्य प्रविधि तथा…
Read More
टीआरसी विधेयक राष्ट्रपतिले गरे प्रमाणीकरण

टीआरसी विधेयक राष्ट्रपतिले गरे प्रमाणीकरण

काठमाडौं  १३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणित गरेका छन् । संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक पौडेलले बिहीबार प्रमाणीकरण गरेका हुन् । यससँगै अब दुबै आयोगमा पदाधिकारी नियुक्तिका लागि बाटो खुलेको छ ।
Read More
झुटो विवरण पेश गरी दोस्रो नागरिकता लिन खोज्न पक्राउ

झुटो विवरण पेश गरी दोस्रो नागरिकता लिन खोज्न पक्राउ

नवलपुर । एक पटक नागरिकता लिई सकेर झुटो विवरण पेश गरेर पुन अर्को नागरिकता लिन खोज्ने एक जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नवलपुरको गैडाकोट नगरपालिका ५ निवासी बलराम सापकोटाका २८ बर्षीय छोरा अर्जुृन सापकोटा पक्राउ परेका हुन् । २०७३ साल साउन १४ गते जिल्ला प्रशासन कार्यालय बाग्लुङ्गबाट ३६२०२६–२५८३ नम्बरको नेपाली नागरिकताको प्रमाण पत्र लिएका सापकोटाले जिल्ला प्रशासन कार्यालयमा जन्ममिति लगायतका सम्पूर्ण विवरण झुटो पेश गरी नागरिकता लिन लागेको थाहा पाएपछि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिए । सापकोटालाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(६)…
Read More
बाँकेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५ जना घाइते

बाँकेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५ जना घाइते

रूपन्देही । बाँकेको हवलदारपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दाङबाट नेपालगन्ज जाँदै गरेको बस जानकी गाउँपालिका गनापुर नजिकै हवलदारपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु र कम्तीमा २५ जना घाइते भएको प्रहरीले जनाएको छ । आज बिहान दाङबाट नेपालगन्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस नेपालगन्ज पुग्नै लाग्दा गनापुरमा दुर्घटना भएको हो ।घाइतेहरुमध्ये २१ जनाको भेरी अस्पतालमा, ५ जनाको कोहलपुरस्थित मेडिकल कलेजमा १ जनाको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए । मृतकको नाम भने खुलिसकेको छैन । बस अत्याधिक गतिमा रहेका कारण अनियन्त्रित भएर पल्टेको स्थानीयलाई उदृढ गर्दै प्रहरीले…
Read More
सौराहा लेडी जेसीजको सप्ताह : विपन्नलाई छात्राबृत्ती, दृष्टिविहीनलाई भोजन

सौराहा लेडी जेसीजको सप्ताह : विपन्नलाई छात्राबृत्ती, दृष्टिविहीनलाई भोजन

रत्ननगर । सौराहा लेडी जेसीजको जेसीज सप्ताह सुरु भएको छ । झुवानीका दृष्टिविहीन विद्यार्थीलाई भोजन र दुई विपन्न विद्यार्थीलाई छात्राबृत्ती प्रदान गरेर सप्ताहको उद्घाटन गरिएको हो । रत्ननगर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ प्रमुख अतिथि रहेको सो कार्यक्रममा झुवानी मावि अन्तर्गत दृष्टिविहीन इकाइका बालबालिकालाई भोजन र झुवानी माविका प्रिन्स महतो र अरविना महतोलाई छात्राबृत्ती प्रदान गरिएको सौराहा लेडी जेसीजकी अध्यक्ष सुनिता पौडेल घिमिरे जानकारी दिइन् । कार्यक्रममा नेपाल जेसीजकी बर्ष २०२४ को राष्ट्रिय उपाध्यक्ष स्वप्ना पौडेल भण्डारी, संस्थापक अध्यक्ष सुजता बिष्ट, निवर्तमान अध्यक्ष मन्जु महतो, पूर्व अध्यक्ष सरस्वती सेढाई र समाहित शिक्षाका ईन्चार्ज सभ्यता खनालको उपस्थिति रहेको…
Read More
आमाछोरालाई मुटुरोग : उपचारमा आर्थिक अभाव, सहयोगको याचना

आमाछोरालाई मुटुरोग : उपचारमा आर्थिक अभाव, सहयोगको याचना

रत्ननगर । मुटुरोगले थलिएका आमा छोरालाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । रत्ननगर वडा नं १ बकुलहरमा डेरा गरी बस्ने ३२ बर्षीया लक्ष्मी माया घलान र उनको १५ बर्षीय छोरा सोनम घलान लामो समय देखि मुटु रोगले ग्रसित छन् । आफु रोगी हुँदाहुँदै पनि अर्कोको घरमा काम गरेर जीवनयापन र छोरालाई पढाउदै आएकी लक्ष्मीको एक मात्र छोरालाई समेत मुटुरोग लाग्यो । सम्पतीको नाममा उनीहरुसंग केही पनि छैन् । कमाउन सकेको बेला छाक टर्छ, नत्र भोकै सुत्नुपर्ने उनीहरुको अबस्था छ । लक्ष्मीको चितवन मेडिकल कलेजमा उपचारपछि डेरामा ल्याइएको छ भने छोराको सोही अस्पतालमा उपचार भइरहेको छ । सोनम निपनीमा…
Read More
सहकारी संस्था समुदाय लक्षित हुनुपर्छ : प्रमुख दाहाल

सहकारी संस्था समुदाय लक्षित हुनुपर्छ : प्रमुख दाहाल

चितवन १० भदौ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहकारी संस्थाहरु समुदाय लक्षित हुनुपर्ने बताउनुभएको छ । भरतपुर ९ स्थित त्रिपुरेश्वर सहकारी संस्थाको १३ वार्षिकोत्सवको अवसरमा खाद्य उद्योग भवनको उद्घाटन तथा खाद्य गोदामको शिलान्यास गर्दै प्रमुख दाहालले स्थानीय सरकार र सहकारी समुदाय केन्द्रित भएर काम गर्नुपर्ने उल्लेख गर्नुभयो । ‘अहिले सहकारीमा समस्या देखिएको छ, उहाँले भन्नुभयो,‘सबै सहकारीहरुले मर्म विपरित काम गरेका छैनन । यही समयमा राम्रो पनि सहकारी छन् भन्ने सन्देश दिन आवश्यक छ ।’ प्रमुख दाहालले कृषिको क्षेत्रमा महानगरले धेरै काम गर्दै आएको र यस वर्ष सिँचाईको क्षेत्रमा काम गर्न लागेको बताउनुभयो । नारायणी लिफ्ट सिँचाईलाई हिउँदमा पनि सञ्चालन…
Read More
चित्रसेन मन्दिरमा सञ्चालित सन्ध्या आरती र महायज्ञको आम्दानी र खर्च सार्वजनिक

चित्रसेन मन्दिरमा सञ्चालित सन्ध्या आरती र महायज्ञको आम्दानी र खर्च सार्वजनिक

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं. ८ चित्रसारीमा साउन १ गतेदेखि ३२ गते सम्म सञ्चालित सन्ध्या आरती र शिवपुराण महायज्ञको आम्दानी र खर्च सार्वजनिक गरिएको छ । श्री चित्रसेन बाबा मन्दिर गंगा आरती व्यवस्थापन समिति र चित्रसेन बाबा मन्दिर व्यवस्थापन समितिको सयुक्त आयोजनामा गरिएको महायज्ञमा पण्डित बालकृष्ण अर्यालले कथाबाचन गरेका थिए । धार्मिक पर्यटनको विकासको लागि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको थियो । सो सन्ध्या आरती र शिवपुराण महायज्ञमा रु ४० लाख ३२ हजार ५ सय ६२ रुपैंया आम्दानी भएको छ । सोही कार्यक्रममा रु २१ लाख ८४ हजार १ सय ३२ रुपैंया खर्च भएको आरती व्यवस्थापन समितिका…
Read More