रत्ननगरका ज्येष्ठ नागरिकलाई कानुनी सचेतना
रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका भित्र रहेका ज्येष्ठ नागरिकलाई अधिकारका बारेमा जानकारी गराउने उद्देश्यले कानुनी सचेतना कार्यक्रम गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको सो कार्यक्रमको उद्घाटन सो नगरपालिकाका उपमेयर यादब प्रसाद पाठकले गरेका गिए । नगरभित्रका ८० जना ज्येष्ठ नागरिकको सहभागिता रहेको उक्त कार्यक्रममा संजिब पौडेलले ज्येष्ठ नागरिकको अधिकार, कानुनी व्यवस्था तथा पुस्तान्तरणको प्रभाब र डा.राजेन्द्रप्रसाद रेग्मीले ज्येष्ठ नागरिक सम्बन्धी व्यवहारिक पक्ष र दायित्व सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उपमेयर पाठकले ज्येष्ठ नागरिकलाई उनीहरुको अधिकार र संविधानमा भएको व्यवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।…