खैरहनीमा प्रतियाेगितात्मक ग्रेट तीज महाेत्सव हुने
खैरहनी । पूर्वी चितवनकाे खैरहनीका प्रतियाेगितात्मक ग्रेट तीज महाेत्सव हुने भएकाे छ । हरितालिका तीजकाे अबसरमा ग्रेट टिभी प्रा.लि. ले यही भदाैं २१ गते तीजकाे दिन पर्सा बजारकाे चाैविसकाेटी चाेकमा कार्यक्रम आयाेजना गरेकाे हाे । आयाेजकले मंगलबार पत्रकार सम्मेलनकाे आयाेजना गरि प्रतियाेगिताकाे उद्देश्य र तयारीकाे बारेमा जानकारी दिएकाे हाे । चितवन जिल्लाका दिदीबहिनीहरुले समूह बनाएर सहभागी हुने छन् । २३ वटा समुहकाे सहभागिता रहने साे प्रतियाेगितामा अडिसन राउण्डबाट उत्कृष्ट छनाैट गरिने ग्रेट टिभीका अध्यक्ष रामेश्वर रिजालले बताए । प्रतियाेगितकाे प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद पुरस्कार सहित सहभागिहरुलाई माैलाकाली केबलकारमा धार्मिक यात्रा गराइने रिजालले बताए । तीजकाे धार्मिक महत्व जाेगाउदै…