वरदान बन्यो राष्ट्रिय गौरवको आयोजना
भजनी, २२ भदौ । डेढ दशक अगाडि सुरु भएको राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको म्याद सकिन १० महिना बाँकी छ । नेपाल सरकार र विश्व बैंकको साझेदारीमा आव २०६६/६७ सालदेखि सुरु भएको आयोजनाले कैलालीको दक्षिण पूर्वी क्षेत्रका किसानको परम्परागत सिँचाइ प्रणालीलाई विस्थापित गर्दै आधुनिक र १२औं महिना सिँचाइको पहुँचमा पु¥याउने उद्देश्य राखेको थियो । त्यसैअनुसार किसानले अहिले आयोजनाबाट प्रत्यक्ष लाभ लिइरहेका पनि छन् । कूल १४ हजार तीन सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको आयोजना विश्व बैंकसँगको सम्झौताअनुसार चालु आर्थिक वर्षको असारमा सम्पन्न हुँदैछ । म्याद सकिन १० महिना मात्रै बाँकी रहँदा आयोजनाको प्रगति भने…