राजन दिल

373 Posts
६० औँ राष्ट्रिय बालदिवसमा ग्रीनल्याण्डको सहयोग सिद्धी चेपाङ्ग छात्रावासलाई

६० औँ राष्ट्रिय बालदिवसमा ग्रीनल्याण्डको सहयोग सिद्धी चेपाङ्ग छात्रावासलाई

६० औँ राष्ट्रिय बालदिवसमा ग्रीनल्याण्ड पब्लिक स्कुलले कालिका नगरपालिका १० मा रहेको सिद्धी चेपाङ्ग छात्रावासका रहेको ६५ जना बालबालिकालाई स्टेसनरी , हेल्थकिट र खाद्यन्न सामान प्रदान गरि सहयोग गरेको छ । ग्रीनल्याण्ड पब्लिक स्कुलका प्रधानाध्यापक इन्दिरा पन्त कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि ग्रीनल्याण्ड पब्लिक स्कुलका सह प्राचार्य उपेन्द्र आचार्य ,अतिथिमा  सिद्धि चेपाङ छात्रावासका संचालक भरत चेपाङ्ग , सामाजिक अभियान्ता ज्ञानेन्द्र राज पाण्डे ,ग्रीनल्याण्ड इको क्लबका संयोजक मनोज खड्का,शिक्षक कृष्ण कार्की,तह प्रमुख सुनिता रेग्मी,शिक्षक दिलिप चालिसे सहित स्कुलका २५ जना बालबालिकाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा प्रधानाध्यापक इन्दिरा पन्त कार्कीले सिद्धी चेपाङ छात्राबासका संचालक भरत चेपाङ्गले पढ्न नपाएका चेपाङ्गका…
Read More
दोश्रो चितवन गोल्डकप अशोज ३ देखि १२ गते सम्म , मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट।

दोश्रो चितवन गोल्डकप अशोज ३ देखि १२ गते सम्म , मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट।

चितवन । भरतपुर फुटबल क्लब (बिएफसी) को आयोजनामा असोज ३ गतेदेखि १२ गते सम्म हुने दोश्रो संस्करणको चितवन गोल्डकपको प्रायोजन गोल्डेन ईमिनेन्टले गर्ने भएको छ । आज (बिहीबार) आयोजक बिएफसी र गोल्डेन ईमिनेन्टबीच मुख्य प्रायोजनको सम्झौता भएको हो । सम्झौता पत्रमा क्लबका तर्फबाट संयोजक धुर्व भुसाल र गोल्डेन ईमिनेन्टका तर्फबाट प्रवन्ध निर्देशक प्रकाश रिजालले हस्ताक्षर गरेका हुन् । १० टिमको सहभागिता हुने प्रतियोगितामा संयोजक धुर्व भुसालका अनुसार ए डिभिजन लिग र नेपाल सुपर लिग एनएसएल खेल्ने टोलीहरु सहित मफोसलका चर्चित क्लबहरु सहभागी हुनेछन् । प्रतियोगितामा सहभागी टिमको नाम केही दिनमा सार्वजनिक गरिने भुसालले बताए । प्रतियोगिताका खेलहरु नेपाल प्रहरी शिक्षालय…
Read More
आज देशभर मौसम आंशिक बदलि रहने

आज देशभर मौसम आंशिक बदलि रहने

चितवन । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
Read More